अंकारा, २३ माघ । टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिएका छन् । शनिबार ट्वीट गरेर आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताए ।
उनले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् । टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ । गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ । गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया