प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा बैठक जारी

काठमाडौँ, २३ माघ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको अनुमोदन तथा अगामी चुनाव लगायत विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको बैठक सुरु भएको छ ।एमाले अध्यक्ष ओली सात महिनापछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले महासचिव शंकर पोखरेल लगायत दोस्रो तहका नेताहरु पनि सहभागी रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति