विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो

काठमाडौं, २३ माघ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो।कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्।

योसँगै संक्रमण पुष्टि हुनेको संख्या ३९ करोड ३५ लाख ३६ हजारभन्दा धेरै भएको छ। यसैगरी २० लाख ४१ हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख नाघेको छ।

अझै पनि ७ करोड ५१ लख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति