काठमाण्डौ, माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक साधारण सभाको मिति सूचना प्रकाशन गरेकाे छ । आउँदो फागुन १३ र १४ गते धनगढीको एक होटलमा आयोजना हुने बताएकाे छ ।
सूचनामा वार्षिक साधारण सभाका एजेन्डा पनि उल्लेख गरिएकाे छ । सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुत्ति, सन् २०२२ को कार्यक्रम र बजेटबारे केन्द्रित हुने क्यानले जनाएको छ । यस्तै आर्थिक नियमावली र कार्यविधिका साथै नयाँ जिल्ला सङ्घहरूलाई मान्यता दिने र केन्द्रीय समितिमा खाली पदहरूको पदपूर्ति सम्बन्धमा साधारण सभा केन्द्रित हुनेछ । कोराना सङ्क्रमणले ताेकिएकाे मितिमा भौतिक उपस्थिति हुन नसक्ने अवस्था भए भर्चुअल माध्यमबाट भए पनि साधारण सभा आयोजना गरिने उल्लेख छ ।

प्रतिक्रिया