आर्थिक लेनदेनको विषयमा तीन जनाको हत्या : पहिलो हत्या मंसिर २८ गते ललितपुरमा

काठमाडौं, २१ माघ । एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेर गाडेको निष्कर्श प्रहरीले निकालेको छ।

मोरङमा उखुबारीमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएपछि त्यसको अनुसन्धानका क्रममा पक्राउ परेका सिराहाका ३१ वर्षीय अनिल मण्डलबाट ललितपुरको गोदावारी नगरपालिका-१२ धापाखेलमा पनि अर्को एक व्यक्तिको शव गाडिएको फेला परेको हो ।

घरको पछाडि खाल्डो खनेर पुरिएको अवस्थामा ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो। उक्त घर अनिलले मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए।

‘पहिलो घटना नै धापाखेलको भएको बुझिएको छ। अनिलले मंसिर २८ गते मोहनको हत्या गरि गाडेको बयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने। मोहनको हत्यापछि अनिल उक्त घर छाडेर काठमाडौंमा बस्दै आएका थिए। उनले घरबेटीलाई तीन महिनाको अग्रिम भाडासमेत दिइसकेको पाइएको छ। कोरोना महामारी अघि उक्त घरमा किन्डर गार्डेन सन्चालन गरेका थिए। तर महामारीपछि किन्डर गार्डेन बन्द भएको थियो।

‘मोहनलाई मारेपछि घरभित्रै गाड्न खोजेको जस्तो पनि देखिन्छ’, ती अधिकारीले भने। प्रहरीका अनुसार धापाखेल घटनापछि अनिलको समूहले मोरङमा दुई जनाको हत्या गरि उखुबारीमा शव गाडेको थियो। अनिलको जग्गा प्लटिङदेखि हाइड्रोसम्ममा लगानी रहेको पाइएको छ। ‘आर्थिक व्यवहारमा समस्या भएपछि उनिहरुको हत्या भएको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति