अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

काबुल, २० माघ । अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन् ।

यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना गर्‍यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरु ठाउँ-ठाउँमा राखेको थियो । साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरुले यस्ता सन्देशहरु पढेर सुनाएका थिए । पुस्तकालयका कर्मचारीहरुले विशेष गरी युवा बर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरुले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति