२९२५ अंकसम्म पुगेर घट्यो सेयर बजार

काठमाडौँ, २० माघ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.६० अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ ।

यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अंक पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११स् ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो । कुल ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । बैंकिङ ६, विकास बैंक ५४, फाइनान्स ३३, होटल तथा पर्यटन ३८, जीवन बीमा १७३, उत्पादन ७९, लघुवित्त ५४, अन्य ९ र व्यापार उपसमूह २२ अंकले घटे । जलविद्युत् ६ र निर्जीवन बीमा उपसमूह १२ अंकले बढे ।

कुल ४५ कम्पनीको मूल्य बढ्यो भने १३७ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । बुद्धभूमि हाइड्रोपावरको ९.७ प्रतिशतले मूल्य बढ्यो भने साहस उर्जा र अरुणभ्याली हाइड्रोको मूल्य क्रमशस् ६ र ५।३ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, शिखर इन्स्योरेन्स, नेसनल हाइड्रोपावर र जलविद्युत लगानी तथा विकास कम्पनी क्रमशस् सबैभन्दा अगाडि रहे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति