काठमाडौं– २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। पहिलो चरणअन्तर्गत वैशाख ३१ गते बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा निर्वाचन भएको थियो। त्यस्तै, दोस्रो चरण अन्तर्गत असार १४ गते प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन भएको थियो। तेस्रो चरण अन्तर्गत असोज २ गते मधेश प्रदेश (तत्कालीन प्रदेश २)मा निर्वाचन भएको थियो। त्यतिबेला एमालेले दुई, कांग्रेसले दुई, नेकपा माओवादी केन्द्रले एक, संघीय समाजवादी फोरमले एक महानगरपालिकामा प्रमुख जितेका थिए। एमालेले काठमाडौं र पोखरा, कांग्रेसले ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र संघीय समाजवादी फोरमले वीरगंज महानगरपालिकामा प्रमुख जितेका थिए।
त्यतिबेलाको परिस्थितिमा केही फेरबदल आएका छन्। जस्तो कि, नेकपा एमाले नै विभाजित भएको छ। मधेशमा प्रभाव रहेको नेपाल लोकतान्त्रिक फोरम पनि कांग्रेसमा समाहित भइसकेको छ। जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ। आगामी निर्वाचनमा कुन खालको गठबन्धन बन्छ वा बन्दैन र त्यसलाई मतदाताले कसरी लिन्छन्, नतिजा मूलतः त्यसैमा निर्भर गर्छ। हामीले यहाँ भने गत निर्वाचनको चुनावी गठबन्धनलाई केलाउने प्रयास गरेका छौं।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा त्यतिबेला एमाले र राप्रपाको गठबन्धन बनेको थियो। एमालेले प्रमुख र राप्रपाले उपप्रमुख लिएर गठबन्धन गरेका थिए। प्रमुखमा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यले जितेका थिए। शाक्य ६४ हजार ९१३ मत सहित विजयी भएका थिए। त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु राज जोशीले ४५ हजार २६९ मत पाएका थिए। उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९५२ सहित विजयी भएकी थिइन्। उनको निकट प्रत्यासी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए।
प्रमुख
विद्यासुन्दर शाक्यर नेकपा एमाले( ६४९१३
राजु राज जोशीर नेपाली कांग्रेस( ४५२६९
रञ्जु न्यौपाने ९रञ्जु दर्शना०रविवेकशील नेपाली दल( २३४३९
किशोर थापारसाझा पार्टी( १८४९६
सर्वोत्तम दास डंगोल र माओवादी केन्द्र( ७९०६
पवित्र बज्राचार्य र नयाँ शक्ति पार्टी, नेपाल( ६०५०
उपप्रमुख
हरिप्रभा खड्गीरनेपाली कांग्रेस( ५८९५२
राजाराम श्रेष्ठरराष्ट्रिय प्रजातन्त्र पार्टी( ३४८५४
निरुपमा यादवरसाझा पार्टी( ११५३३
सुशीला कुमारी पौडेलरनेकपा माओवादी केन्द्र( १०४४८
सविना अर्यालरनयाँ शक्ति नेपाल( ३४९३
ललितपुर महानगरपालिका
यो महानगरपालिकामा पनि प्रमुख र उपप्रमुखमा गठबन्धन बनेको थियो। प्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाले उम्मेदवारी दिएका थिए। तर, दुवै पराजित भए। विजयी भएका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन र निकट प्रत्यासी एमालेका हरिकृष्ण व्यञ्जनकारबीच मतान्तर भने धेरै छैन। महर्जनले २४ हजार ६४२ र व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए। उपप्रमुखमा कांग्रेस उम्मेदवार गिता सत्यालले १९ हजार ८१९ मत पाएका थिए।
यो महानगरपालिकामा साझा पार्टीले प्रमुखमा रमेश महर्जन र उपप्रमुखमा शोभा शाक्यलाई प्रतिस्पर्धी बनाएको थियो। महर्जन तेस्रो भएका थिए, शाक्य भने दोस्रो भएकी थिइन्। एमालेसँग गठबन्धन गरेको राप्रपाका उपप्रमुखका उम्मेदवार बाबुकाजी प्रधान १० हजार ५४० मत ल्याउँदै चौथो भएका थिए।
प्रमुख
चिरिबाबु महर्जन (नेपाली कांग्रेस)– २४६४२
हरिकृष्ण व्यञ्जनकार (नेकपा एमाले)– २४३१६
रमेश महर्जनर साझा पार्टी– १३४५८
दिनेश महर्जनरनेकपा माओवादी केन्द्र–१०६६१
उपप्रमुख
गिता सत्यालरनेपाली कांग्रेस– १९८१९
शोभा शाक्य र साझा पार्टी–१४२४०
हसिना शाक्यारनेकपा माओवादी केन्द्र– १२९७९
बाबुकाजी प्रधानरराष्ट्रिय प्रजातन्त्र पार्टी– १०५४०
सजनी महर्जनरनयाँ शक्ति पार्टी, नेपाल– १३८०
पोखरा महानगरपालिका
पोखरा महानगरपालिका ९तत्कालीन पोखरा लेखनाथ महानगरपालिका० मा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो। सोही अनुसार प्रमुखका लागि कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रले सघाएको थियो। तर, प्रमुख तथा उपप्रमुख दुवैमा एमालेका उम्मेदवारहरुले जित निकालेका थिए। मतान्तर पनि उल्लेखनीय थियो।
प्रमुख
मानबहादुर जीसीर नेकपा एमाले– ६०११८
रामजी कुँवररनेपाली कांग्रेस–४६४१६
हुमबहादुर गुरुङरसंघीय समाजवादी फोरम– ३१७०
गीता गुरुङरराष्ट्रिय प्रजातन्त्र पार्टी– २२७२
उपप्रमुख
मञ्जुदेवी गुरुङरनेकपा एमाले– ५६४४८
सरस्वती गुरुङरनेपाली कांग्रेस–४४३३८
गोमा ढकालरनेकपा माओवादी केन्द्र– ८७९६
रमेश बहादुर खत्रीरराष्ट्रिय प्रजातन्त्र पार्टी– २८४०
भरतपुर महानगरपालिका
यो महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो। माओवादी केन्द्रको तर्फबाट प्रमुखका उम्मेदवार र कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवार उभ्याइएका थिए। जित्न त उनीहरुले नै जिते तर, प्रमुखको मत गणना भने विवादमा पर्यो। माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार बनेकी रेणु दाहाल पछि पर्दै गएपछि मतपत्र च्यातिएको थियो। महानगरपालिकाको वडा नम्बर १९ मा पुनः भएको मतदानपछि दाहालले जितेकी थिइन्।
प्रमुख
रेणु दाहालरनेकपा माओवादी केन्द्र– ४३१२७
देवी प्रसाद ज्ञवालीरनेकपा एमाले–४२९२४
बद्रीनाथ तिमिल्सिनारराष्ट्रिय प्रजातन्त्र पार्टी–६८४२
उपप्रमुख
पार्वती शाह ठकुरीरनेपाली कांग्रेस– ४७१९७
दिव्य शर्मारनेकपा एमाले– ३९५२५
रिना गुरुङरराष्ट्रिय प्रजातन्त्र पार्टी–७२५२
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भएको थियो। एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन बनेको थियो। त्यस्तै, माओवादी केन्द्र र संघीय समाजवादी फोरम बीच पनि गठबन्धन बनेको थियो। कांग्रेस भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। प्रतिस्पर्धामा प्रमुख तथा उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए।
प्रमुख
भीम पराजुलीरनेपाली कांग्रेस– २३०३१
विनोदप्रसाद ढकालरनेकपा एमाले– १७३२१
उमेशकुमार यादवरसंघीय समाजवादी फोरम– १४९५८
प्रह्लाद प्रसाद साहरराष्ट्रिय प्रजातन्त्र पार्टी –५५२४
उपप्रमुख
इन्दिरा कार्कीरनेपाली कांग्रेस– २०१४६
नमिता न्यौपानेरनेकपा माओवादी केन्द्र– ११५२४
सुचि चौधरीरमजफो, नेपाल (लोकतान्त्रिक)– १०५३६
शोभा श्रेष्ठरराष्ट्रिय प्रजातन्त्र पार्टी– ४१०२
वीरगंज महानगरपालिका
वीरगंज महानगरपालिकामा प्रमुख दलहरुले प्रमुख तथा उपप्रमुखमा आ-आफ्ना उम्मेदवार उठाएका थिए। जसमा तत्कालीन संघीय समाजवादीका विजयकुमार सरावगी विजयी भएका थिए। उनले १९ हजार ३९३ मत पाएका थिए। नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएर दोस्रो भएका थिए। उपप्रमुखमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्। त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरमकी पिंकी देवी यादव १८ हजार ५३० मत पाएर दोस्रो भएकी थिइन्।
प्रमुख
विजयकुमार सरावगीरसंघीय समाजवादी फोरम– १९३९३
अजयकुमार द्विवेदीरनेपाली कांग्रेस– १७१९७
राजेशमान सिंहरराष्ट्रिय जनता पार्टी नेपाल– १२१६५
विमलप्रसाद श्रीवास्तवरनेपाल लोकतान्त्रिक फोरम– ८७०१
म। बसरुद्धीन अंसारीरनेकपा एमाले– ८६८८
रहवर अंसारीरनेकपा माओवादी केन्द्र–८३०५
उपप्रमुख
शान्ति कार्की/नेपाली कांग्रेस– १९६०७
पिंकी देवी यादवरसंघीय समाजवादी फोरम– १८५३०
रम्भा मिश्रारराष्ट्रिय जनता पार्टी नेपाल– १०६६३
सोफिया आचार्यरनेकपा माओवादी केन्द्र–१०३४१
प्रतिक्रिया