काेराेना अपडेटः थप ३६ सय ३७ कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाण्डौ, १९ माघ । – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लगातार पाँचौँ दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको बताएकाे छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र सात हजार पाँच सय ५५ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ६९ हजार दुई सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म जम्मा आठ लाख १५ हजार सात सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति