नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजी हुन् : अध्यक्ष ओली

काठमाडौं, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीको रुपमा रहेको बताएका छन् ।

तामाङ समुदायको पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्षको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले यी विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देभभित्र रहेका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । अध्यक्ष ओलीले यस पर्वले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति