इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण

काठमाडौँ, १८ माघ । इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेकाे छ ।

“यो सहयाेग महामारीविरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्षको एक हिस्सा हो । महामारीविरुद्धको नेपालीको प्रयासमा सहयोग गर्न पाउँदा इजरायल गर्व गर्छ”, सिरिन्ज हस्तान्तरण गर्दै राजदूत गोडरले भने । नेपाल सरकारको सन् २०२२ को खोप लक्ष्य पूरा गर्न तथा महामारीलाई नियन्त्रणमा ल्याउन इजरायलले दुई राष्ट्रबीचको ऐक्यबद्धताको सङ्केतका रूपमा नेपालका जनतासँग मानवीय सहायता बाँड्न पाएकामा उनले खुसी व्यक्त गरे । विगत दुई वर्षदेखि इजरायल सरकारले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्दै आएको छ । यहाँस्थित इजरायलको दूतावासले जुन २०२० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण, मास्क, डिजिटल थर्मोमिटर, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर, कीटाणुनाशक साधनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति