काेराेना अपडेटः थप साढे पाँच हजार संक्रमित, नाै काे मृत्यु

काठमाडौँ, १८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर पाँच हजार पाँच सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ६७४ परीक्षण हुँदा ५ हजार ५८३ जना संक्रमित थपिएको जानकारी दिएको हो । यी तथ्यांकमा एसएमएस र इमेलबाट प्राप्त विवरणसमेत समावेश गरिएको समेत प्रस्ट पारेको छ । दश हजार सात सय ७६ पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ मा संक्रमण पुष्टि भएको र ६ हजार ८९८ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ९२६ मा पोजिटिभ देखिएको छ भने २४ घण्टामा निको हुनेको संख्या भने ८ हजार २६७ रहेको मन्त्रालयको जनाएकाे छ । थप ९ जनाको मृत्यु भएको छ भने देशभर संक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेको बताइएकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति