नेप्से आज बढ्याे, छ अर्बको कारोबार

काठमाण्डौ, माघ । सोमवार १४ अङ्कले घटेको नेप्से आज १९ अङ्कभन्दा धेरैले बढेको छ ।

नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज सबैजसो समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर एक सय नौ, विकास बैंक समूहको ८१, माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले बढेको छ । कारोबार रकम दुई सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा भएको छ । तीमध्ये सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३९ करोड रुपैयाँको शेयर किनबेच भयो । आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि निरुदे लघुवित्त विकास बैंकको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति