काेराेना अपडेटः १६ हजार ८८ परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि, थप ८ काे मृत्यु

काठमाडौँ, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ८८ कुल परीक्षणमा ५ हजार दुई सय ९२ जनामा संक्रमण पुष्टि देखिएकाे छ ।

आह दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । पाँच हजार ७२० जनाको एन्टिजेन परीक्षणमा एक हजार ८२० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेकाे संख्या आठ हजार एक सय ९१ जना रहेका मन्त्रालयले जनाएकाे छ । त्यस्तै आज थप आठजनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ । परीक्षणका आधारमा संक्रमण दर सोमबार ३२.३५ प्रतिशत छ भने एक हप्ताकाे औसत संक्रमण दर ३५.९९ प्रतिशत रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति