कञ्चनपुर दुर्घटनामा एकको मृत्यु

महेन्द्रनगर, १७ माघ । कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।

बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नं को मोटरसाइकल आपसका ठोक्किएका हुन् । दुर्घटनामा भीमदत्त नगरपालिका–६ का २८ वर्षीय पवन डगौँरासमेत घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थ्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति