काठमाडौं, १६ माघ । अभिनेता राजेश हमालले शुक्रबार मात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका छन् ।
आफ्नो चलचित्र करिअरको तीन दशकपछि हमालले तीन महिनाअघि पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए । हाल नयाँ बोल गीतकाे ‘गाउँले ठिटो’ रेकर्ड गराएका हुन् । उक्त गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ भने गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् । संगीतकार श्रेष्ठका अनुसार गीत रमाइलोसँगै सन्देशमूलक रहेको बताएका छन् । उनले भने, ‘विदेशमा गएकाहरुलाई नेपालमै राम्रो छ, गाउँमै राम्रो छ । विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरु फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकेको छ।’ ग्रामीण परिवेशको गीत र भिडियो गर्ने राजेशको सोचमा सहकार्य भएको श्रेष्ठले बताए । हमालले एकल स्वर र अभिनय रहेकाे सन्देशमूलक गीत संगीतकार श्रेष्ठका अनुसार चार/पाँच पटकको बसाइपछि यो गीत रेकर्डिङ गरिएको बताए । उनले भने, ‘संगीतकारको हिसाबले सुन्दा तालमा टाइमिङ पर्फेट गाउनुहुन्छ।’ अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदैछ जानकारी दिए । देवेन्द्र पाण्डेको निर्देशन रहेकाे भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिने बताएका छन् ।
प्रतिक्रिया