प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

काठमाडौं, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइएको छ ।दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ ।

प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।

वीर सहिदहरूको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १०–१६ गते सम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति