काठमाडौं, १५ माघ । स्थानीय तह चुनावबारे छलफल गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक आजै दोस्रोपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।
आज बिहान बसेको गठबन्धनको बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको थियो । बैठकले स्थानीय तह चुनावको मिति तोक्नसक्ने पनि बताइएको छ ।नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् दबाबमा छन् ।
चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै स्थानीय तह निर्वाचन गर्न सरकारलाई निरन्तर दाबाब दिइरहेको छ ।
प्रतिक्रिया