निकास नखोजे गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्ने : रामचन्द्र पौडेल

काठमाडौँ, १५ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन् । पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धनलाई गम्भीर हुन उनले आग्रह गरेका छन् ।

शनिबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको बताउँदै भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा र राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्नसमेत सरकारले नसकेको बताउँदै पौडेलले सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति