एप्पलको शेयर भाउमा दुई वर्षयताकै ठूलो वृद्धि

काठमाडौं, १५ माघ । शुक्रबार अमेरिकी प्रविधि कम्पनी एप्पलको शेयरको भाउ ७ प्रतिशतले बढेको छ। कम्पनीको शेयरको भाउ सन् २०२० को जुलाईपछि पहिलोपटक एकैदिन यति धेरै बढेको हो।एप्पलले आफ्नो राम्रो मुनाफा गरेको नतिजा सार्वजनिक गरेसँगै आईफोन निर्माता कम्पनीको शेयरको भाउ पनि बढेको हो।

एप्पलले आफ्नो मेटाभर्सको योजना पनि अघि सारेको छ। बजार मूल्यको हिसाबमा विश्वको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको एप्पलले ३४ अर्ब डलर नाफाको नतिजा सार्वजनिक गरेको थियो। एप्पलका सीईओ टिम कूकले १४ हजार एग्युमेन्ट रियालिटी एपको लाइब्रेरी सार्वजनिक गर्न लगानी गर्ने योजना बनाइरहेको बताएका छन्।

यसले पनि कम्पनीको शेयरको भाउ बढाउन सहयोग गरेको हो। शुक्रबार ७ प्रतिशतले बढे पनि एप्पलको शेयरको भाउ सन् २०२१ को अन्तिमको तुलनामा अझै ४ प्रतिशत कम छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति