सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, १५ माघ । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।

बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति