कोरोना संक्रमणपछि आइसोलेसन नबस्नु नागरिकको जीवनप्रति खेलबाड हो : महामन्त्री शर्मा

काठमाडौ, १४ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना देखिए पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।

अध्यक्ष ओलीको नाम नलिई कांग्रेस महामन्त्री शर्माले त्यसतर्फ संकेत गर्दै कोरोना संक्रमण पुष्टिपछि आइसोलेसन बस्नु हरेकको जिम्मेवारी हुने बताएका छन्।

‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो। पालना नगर्नु बहादुरी होइन गैरजिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो,’ आज ट्वीट गर्दै महामन्त्री शर्माले भनेका छन्।

शर्मा पनि हालै कोरोना संक्रमित भएका थिए। उनले आफू आइसोलेसनमा बसेर आजदेखि पुन पार्टी संगठनको काममा फर्केको बताएका छन्। उनलाई दोस्रोपटक कोरोना देखिएको थियो। ‘संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले भनेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति