एसियाली देशबाट विश्व कप फुटबलमा पुग्ने इरान पहिलो टोली

काठमाडौं, १४ माघ । इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ ।इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो ।

इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति