विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजारमा कोरोना संक्रमण

काठमाडौं, १४ माघ । विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार ७०४ हजार जना कोरोना संक्रमित थपिएका छन् ।थपिनेमा अमेरिकामा ४ लाख ४६ हजार, फ्रान्समा ३ लाख ९२ हजार, ब्राजिलमा २ लाख २८ हजार, जर्मनीमा एक लाख ८९ हजार, इटलीमा एक लाख ५५ हजार र स्पेनमा एक लाख ३० हजार छन् ।

यही अवधिमा २१ लाख ८७ हजार जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २ हजार ५३१, रुसमा ६६५, ब्र्राजिलमा ६६२, इटलीमा ३८९, बेलायतमा ३३८, फ्रान्समा २६८ र टर्कीमा १७४ जना छन् । निको हुनेमा फ्रान्समा ३ लाख २७ हजार, बेलायतमा एक लाख ८० हजार, अमेरिकामा एक लाख ६६ हजार र इटलीमा एक लाख ६५ हजार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति