राष्ट्रियसभाको बैठक माघ १७ गते


काठमाडौ,१३ पुस । राष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ ।सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ । उक्त बैठक यही माघ २ गते आइतबारको सूचनामार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो ।आज प्रकाशित सो सूचनामा भनिएको छ, “राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति