उद्योग दर्तामा वृद्धि, करिब १४ हजारलाई राेजगारी अवसर

काठमाण्डौ, १३ माघ । उद्योग विभागमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् ।

विभागका अनुसार गएको आर्थिक वर्षको छ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा भएका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग छन् भने यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएकाे छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव रहेकाे छ, भने बाँकी स्वदेशी रहेको छ । अघिल्लाे आवको पहिलो छ महिनामा जम्मा ७२ अर्ब ६२ करोड रुपैयाँ प्रस्तावित लगानीका उद्योग दर्ता भएका थिए । यस साउनदेखि मङ्सिरसम्म दर्ता भएका एक सय ५४ वटा उद्योगले १३ हजार सात सय ४८ जनालाई रोजगारी दिने जनाएका छन् । नेपालमा हाल उद्योगमा २४ खर्ब ७० अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता छन् र यी उद्योगबाट ६ लाख ४२ हजार पाँच सय ४३ जनाले रोजगारी पाउने अनुमान रहेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति