आइभरी कोष्टलाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा

काठमाडौं, १३ माघ । सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५/४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा दुवै टोलीले समान पाँच पेनाल्टी प्रहार गरेका थिए ।

इजिप्टले पाँचवटै प्रहार गोलमा परिणत गर्दा आइभरी कोष्टको एक प्रहार इजिप्टका गोलकिपरले बचाए ।पेनाल्टीमा इजिप्टका जिजो,अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे ।आइभरी कोष्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे । आइभरी कोष्टका एरिक बाइको पेनाल्टी प्रहार इजिप्टका वैकल्पिक गोलकिपर गाबस्कीले रोकेका थिए ।सन् २०१० पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरोक्को मालावीलाई पराजित गर्दै क्वाटरफाइनल पुगिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति