सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं, १२ माघ ।  जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।


न्यायाधीश रामचन्द्र पौडेलको इजलासले आज उक्त घटना नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३र३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति