भोली प्रधानमन्त्री देउवाले निर्वाचनआयोगका पदाधिकारीसँग छलफल गर्ने

काठमाडौं, १२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार यसको लागि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाएको बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगले मागिरहेको छ । तर, प्रधानमन्त्री देउवा भने गठबन्धन दलहरुको दबाबका कारण बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने केहि महिना पर सार्ने तयारी गरेका छन् । उनले सुरुमा संघीय संसद्को निर्वाचन गराउन चाहेको कुरा बाहिर आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति