लुम्बिनीका तीनै राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, १२ माघ। लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ। अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए भने स्थानीय तहका २१३ मतदाताले भोट खसालेका थिए। राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो।

राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी भएका हुन् एमालेका भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता पराजित भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति