राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा राप्रपा मतदानमा सहभागी नहुने

काठमाडौँ, ११ माघ । राष्ट्रिय सभा निर्वाचनको प्रदेश १ बाहेकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने भएको छ । राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय लिएको हो । राप्रपाका महामन्त्री भुवन पाठकले प्रदेश

१ बाहेकका प्रदेशमा पार्टीबाट उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुन पार्टीका तर्फबाट मतदानमा सहभागी नहुने जानकारी दिए ।राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो, राप्रपाको निर्णय छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ १२ गते बुधबार मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ ९ गते राति १२ बजेदेखि मौन अवधि पनि सुरु भइसकेको छ ।राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षमा रहेको नेकपा (एमाले) र अरु साना दलबाट ४३ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति