बझाङ, १० माघ । बझाङको वित्थडचिर गाउँपालिका वडा नंं ८ का वडा अध्यक्ष जय बहादुर मल्ल र वडा सचिब दत्तराम अवस्थीलाई आईतवार कालोमोसो दलेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव) निकट विद्यार्थीसंगठन अखिल क्रान्तिकारीले वडा अध्यक्ष मल्ल र वडा सचिव अवस्थीलाई आईतवार कालोमुसो दलेको हो ।
वडा अध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीले वडामा लाखौ भ्रष्टचार गरेको काममा अनियमितता गरेको र काममा आनियमितता गरेको कारण कालोमोसो लगाएको गर्ने, अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष कमल थापाले बताए ।
वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु(क्रान्तिकारी) द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया