ब्रमाजीलालाई पत्र

              संसारको सबैभन्दा उत्कृस्ट प्राणी भनु वा सिर्जना कर्ता ब्रम्हाजीको सबैभन्दा उतम र भरपर्दो सिर्जना मान्छे, जसरि वेद व्यासको सबैभन्दा उत्कृस्ट रचना भगवाद्ध गीता, लक्ष्मीप्रसाद देवकोटाको मुना मदन तेसै गरि चतुर्मुखी ब्रम्हाजिको उत्कृस्ट किर्ति मनुस्य, मनुस्य बनीसकेपछी ब्रम्हाजीले सोधेछन् त कोहोस् ? मान्छेले फुर्ति साथ भने छ “अहम मनुस्य” येती सुनेपछी बर्माजीको खुसिको सिमानै रहेन झन्डै उनि ओउट अफ कन्ट्रोल भए छन्, हुन पनि किन न होस् त बल्लबल्ल हजारौ वर्षको प्रयास र तपस्या पछी बनाएको, तेस्मा पनि भने जस्तै आहा !हैन ब्रम्हाजीले कुन आधार मा यो कृतिलाई उत्कृस्ट माने मैले त बुझ्नै सकिन बा ! उनैलाई सोध्नुपर्ला, आखिर बनाउनेलाई नै राम्ररी थाहा हुन्छ नि ! हे ब्रम्हादेव संसारको श्रीस्टि गरिसके पछी सम्पूर्ण अन्य श्रीस्टि गरिसकेपछी फेरी किन यो मानब जतिको श्रीस्टि गर्नु भयो ?

येस धर्तिमा जति पनि गर्नु हुने र नहुने कामहरु छन् त्यो सबै मान्छेले नै गरेको छ, अरु प्राणीहरु, रुख, बिरुवन, ढुङ्गो, माटो पनि त हजुर कै श्रीसटि हुन् तर तिनीहरुले त कैले पानी आफ्नो दायेरा उलंघन गरेको देखिएन तर मानिस अहो ! मानिसको त कुरै नगरौ साएद उत्कृस्ट श्रीस्टि भएकोले होला अरुको बिगार्न, भत्काउन, लुटपाट, चोरीडकैती थितोमिचो, एसको एस्तो होस् एसको उस्तो यो मरि जावोस त्यो मरि जावोस होस् नानाभाती गालीगलौज, धारे हात लगाउदै नाना थरि भन्ने काम पनि येही मान्छेले मात्र गर्नसक्छ अरुको बस्तु भनेपछी हुरुक्क हुने, अझ तेतिमत्र काहा हो र ? कुरा लगाउने, भड्काउने, खुराफात गर्न पनि यो मान्छे नै अगाडी छ र पनि येही उत्कृस्ट ? यहाँ सम्म कि बाटोमा हिडीरकी परश्री भएपनि आहा एस्लाई आफ्नी बनाउन पाए ? भनेर गिद्धे दृस्टी लगाईहाल्ने पनि मान्छे नै, रिश, राग, लोभ, मोहको भकारी अझ भकारी मात्र भनेर नपुगेर ढुकुटी नै भने हुने पनि मान्छे नै र पनि येही उत्कृस्ट ?

हे परम्ब्रमा तिम्रो उत्कृस्ट श्रीस्टिलाई यो संसारमा पठाउदा कुन पाठ पढाएर पठाएका थियौ ? के दिएर पठाएका थियौ ? येदि केहि दिएका थिएनौ भने यहाँ आएर यिनीहरुको मति कसरि भ्रस्ट भयो त ? सबैलाई थाहा छ ब्रम्हाजीले केहि पठाएका थिएनन् तर पनि यिनीहरु यहाँ आएर यो पनि मेरो, त्यो पनि मेरो भनेर बुढो गोरुले गाई ओगटे जस्तो किन ओगटी रा छन् ? पैले यो संसारकति शान्त र समृद्ध थियो तेस्लाई पनि बाऊ बाजेको बिर्ता जस्तो गरेर टुक्राटुक्रामा बिभाजन गर्ने पनि तिम्रै उत्कृस्ट श्रीस्ट नै हुन् तेतिले मात्र नभएर युद, झगडा, काटाकाट, मारामार मानौ रगतको समुन्द्रै बन्यो, येस्मा बस्ने तिम्रै अरु श्रीस्टिलाई नस्ट गर्न पनि पछी परेनन् हुदा हुदा आज तिम्रो सृस्ती येती उदांगो भै सक्यो कि मानौ बस्त्रहिन तरुनी र पनि तिमि आखामा पट्टि बाधेर गान्धारीले जस्तै सबै कुरा थाहा हुदा हुदै पनि केहि थाहा नपाए झैँ गरि बसी रा छौ, अब तिमीले गरेको उत्कृस्ट सृस्ती नै संसारको सबै भन्दा निक्रिस्ट श्रीस्टि जस्तो लाग्न थालेको छ, तिनी हरुले गर्न हुने नहुने सबै गरि सके अब तिनले तिम्रो कठालोमा समाएर भ्यागुतोलाई भुइमा पछारे जस्तै पछार्न मात्र बाकी छ, अरु त जे जति गर्नु पर्ने थियो त्यो सबै गरि सके यो सब थाहा हुदाहुदै पनि तिमि किन शान्त छौ ?

अब त निकै ढिलो भै सक्यो, तिम्रो श्रीस्टिको नियम भंग भाई सक्यो तिमीले बनाएको कानुन को कुनै अर्थ रहेन सबैले आफ्नो आफ्नो नियम कानुन आफैले बनाउन थाले जतिबेला फेरबदल गर्न मन लग्यो उतिबेलै फेरबदल गर्छन येस्ता चर्तिकलाको बर्णन गर्न म असमर्थ छु स्वयम् तिमि आफै (चतुर्मुखिब्रमा) पनि येस्को विस्तार पुर्बक बर्णन गर्न सक्दैनौ, गारौला पनि कसरि बर्णन गरि साध्य भए पो ?लौ त पत्र धेरै लामो भए जस्तो लाग्यो फेरी तिमीलाई पढ्न बोर लाग्ला आजलाई यहि टुंगयाउ . बाकी अर्को पत्रमा बर्णन गरौला

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति