काठमाडां, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्नुपर्ने आवाज पार्टीमा उठेको छ। जसपाको कार्यकारिणी बैठकले यादवसहित संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अशोक राईलाई निर्णय गर्ने अधिकार दिएको थियो। तर यादव एक्लैले निर्णय गर्न थालेपछि उनको अधिकार कटौती गर्नुपर्ने आवाज उठेको हो।
सरकारमा जाने मन्त्रीको नाम यादव एक्लैले पठाएको र राष्ट्रिय सभाका लागि उमेदवारको तय पनि उनी एक्लैले गरेको भन्दै जसपा भित्र विरोध सुरू भएको छ। ‘पार्टीमा समावेशीको आधारमा नेतृत्व चयन हुनुपर्छ। मधेसी, आदीवासी, जनजाती र खस, आर्यको प्रतिनिधित्व हुनुपर्छ भन्ने धारणा आएको छ। त्यसको लागि विधान अनुसारको ३ अध्यक्षको व्यवस्था लागू गर्नुपर्छ,’ उनले भने, ‘माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचपछि कार्यकारिणी बैठक बसेर यसको टुंगो लगाउनुपर्छ। उपेन्द्रजीले यसमा आलटाल गर्न खोज्नुभयो भने पार्टीमा समस्या आउन सक्छ।’जसपा विभाजनका बेलामा साथ दिएका पूर्व राजपा पक्षधर नेतालाई समेत समेट्न नखोजेको आरोप यादवमाथि लागेको छ। एकता प्रक्रियाको मर्म अनुसार यादव अघि नबढेको सुवेदीले दाबी गरे।अर्का कार्यकारिणी सदस्य मोहम्मद इस्तिहाक राईले पार्टीलाई सामुहिक नेतृत्वमा लैजान जरूरी रहेको बताए।
प्रतिक्रिया