देउवाले बोलाए मन्त्रिपरिषदको बैठक, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं, १० माघ ।  नेपाल सरकार मन्त्रिपरिषदको बैठक अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले यसबारे जानकारी दिएका हुन्।

उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नलागेको हो। नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले बताए ।

यसको अलावा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ। सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।

संक्रमणको दर बढिरहेकोले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार स्थानीय तहको निर्वाचनबारे छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई भोलि बालुवाटारमा बोलाएका छन् ।

पछिल्लो समय स्थानीय तहको निर्वाचन सार्नेगरि सत्तारुढ गठबन्धनले छलफल थालिरहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले भने यसको चर्को विरोध गरेको छ । उसले निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने पनि चेतावनी दिएको छ ।

तर, सत्तापक्षीय गठबन्धनले भने तीनै तहको निर्वाचन एकै चरणमा गर्नेगरि छलफल अघि बढाएको र यसको लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि तयारी थालेको छ । निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई छ । निर्वाचन आयोगले त तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने भन्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति