विश्वभर एकै दिन थपिए २१ लाख कोरोना संक्रमित

काठमाडौँ, १० माघ । विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ३२ हजार जनाभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।थपिनेमा भारतमा सबैभन्दा धेरै तीन लाख ५ हजार, फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ९७ हजार र इटलीमा एक लाख ३८ हजार छन् ।

त्यसैगरी ब्राजिलमा ८४ हजार, जर्मनीमा ७५ हजार, बेलायतमा ७४ हजार, टर्कीमा ६५ हजार र रुसमा ६३ हजार जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा १२ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ४९८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ६७९, अमेरिकामा ५७०, भारतमा ४७४, इटलीमा २२७, ब्राजिलमा ११८, टर्कीमा १८५, फ्रान्समा ११५ र बेलायतमा ७५ जना छन् ।निको हुनेमा भारतमा २ लाख ३२ हजार, बेलायतमा एक लाख ६७ हजार, इटलीमा एक लाख ३१ हजार, टर्कीमा ७५ हजार, फ्रान्समा ६७ हजार, अमेरिकामा ३४ हजार र रुसमा २३ हजार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति