को को जान पाउँछन् खाडी र मलेसिया (गृहको सूचनासहित)

काठमाडौं, ९ माघ । सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि भिजिट भिसामा ती राष्ट्रहरुमा जान लगाइएको प्रतिबन्धमा केही खुकुलो पारेको जनाएका हुन् ।

उनका अनुसार सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघरसंस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधि, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरुका लागि अनुमति दिने उल्लेख छ ।सरकारले कोरोना संक्रमण र अन्य कारण देखाउँदै शुक्रबार अर्को आदेश नभएसम्मका लागि माघ १० देखि खाडी र मलेसिया भ्रमणमा जान रोक लगाउने जनाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति