नेप्से परिसूचक १०.८३ अंकले गिरावट

काठमाडौं, ९ माघ । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ।आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ। तर, फ्लोट इण्डेक्स १।२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०. ६३ अंक घटेको छ। आइतबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार कित्ता सेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।आज कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक गिरावट आएको छ भने ५ उपसमूहको परिसूचक भने बढेको छ।

जसमध्ये अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक थोरै मात्रै बढेको छ।यता वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी २।७७ प्रतिशत घटेको छ। व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।आइतबार नेप्से परिसूचक ओरालो लागेपनि दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन्।त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योति लाइफ र सानिमा लाइफको सेयरमूल्य बढेको छ। तर आज सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य भने सबैभन्दा बढीले घटेको छ।

आइतबार कारोबार रकमका आधारमा ३२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेर नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यस्तै अपि पावरको १९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति