काठमाडौं, ९ माघ । नेकपा एमालेले कोरोनाविद्धको २४ लाख डोज खोप कहाँ गयो भन्दै जवाफ मागेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै कहाँ गयो यति धेरै मात्राको खोप? भन्दै प्रश्न गरेका छन्। ‘कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार छ? एकातिर यति धेरै मात्रा खोप गायव पारिएकोछ भने कर्कातिर भण्डारणमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरु खोपबाट बञ्चित छन्’, विज्ञप्तिमा भनिएको छ।
सिरिन्ज र आधारभुत औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको एमालेले बताएको छ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर जनस्वास्थ्यको विषयमाथि खेलवाड गरेको पनि एमालेको आरोप छ।
प्रतिक्रिया