एमालेको पत्रकार सम्मेलन स्थगित, अध्यक्ष ओलीको प्रेस वक्तव्य आउँदै

काठमाडौं, ९ माघ । कोभिड संक्रमणको जोखिच उच्च हुँदै गएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरेको छ । प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्न लागेको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलेसमग्र विषयमा पार्टीको धारणा राख्ने बताइएको थियो । तर, पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै प्रेस वक्तव्यमार्फत अध्यक्ष ओलीले पार्टीको धारणा जनतामा लैजाने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले त्यसलाई समेत ध्यानमा राखेर पत्रकार सम्मेलन स्थगित गरिएको ज्ञवालीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति