विश्वभर एक सातामा २ करोड बढी कोरोना सङ्क्रमित थपिए

काठमाडौं, ९ माघ । विश्वभर एक हप्तामा मात्रै २ करोडभन्दा धेरै कोरोनो सङ्क्रमित थपिएका छन्। गत ७ दिनमा विश्वभर २ करोड २३ लाख ९१ हजार ८ सय १९ नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।

जसमध्ये यूरोपमा मात्रै ९० लाख ४९ हजार ४५७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै उत्तर अमेरिकामा ५७ लाख ४९ हजार १९९, एसियामा ४२ लाख ७५ हजार ९७१, दक्षिण अमेरिकामा २४ लाख १ हजार ८०९, महासागरमा ५ लाख ५ हजार ७७७ तथा अफ्रिकामा २ लाख ७६ हजार ६०६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अघिल्लो हप्ताको तुलनामा विश्वभर १० प्रतिशतले सङ्क्रमित थपिएका छन्। अघिल्लो हप्ता विश्वभर २ करोड ४ लाख ४० हजार ५५ जना सङ्क्रमित थपिएका थिए।

यस्तै यो हप्ता विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या पनि १० प्रतिशतले नै बढेको छ। यो हप्ता ५४ हजार २२ जनाको मृत्यु भएको छ।

अघिल्लो हप्ता ४९ हजार ३५५ जना सङ्क्रमितले ज्यान गुमाएका थिए। यस्तै यो हप्ता १ करोड ११ लाख ५ हजार १ सय ९ जना निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड ९७ लाख नाघेको छ। जसमध्ये २७ करोड ८० हजार निको भएका छन् भने ५६ लाख ९ हजारको मृत्यु भएको छ।

अझै पनि ६ करोड ६० लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति