डा. भट्टराई र हिट्लर दाजुभाइ– नेता बास्कोटा

काठमाडौं, ८ माघ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गरेका छन् । भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि बाँस्कोटाले जवाफ दिएका हुन ।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए।

बास्कोटाले रोल्पाको हारजंगमा ८ जना नागरिकलाई घरभित्र थुनेर जिउँदै जलाएर मारेको र चार वर्षीया वालिका काजोल खातुनलाई बसभित्र जलाएर मारेको भन्दै बाबुराममाथि कटाक्ष गरेका छन् । बास्कोटाले बाबुराम भट्टराईले एमालेलाई बारम्बार हिटलरसँग तुलना गर्न खोज्नुको अर्थ माग्दै हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नरहेको उल्लेख गरे ।

माओवादी युद्धको बेला रोल्पाको हारजंगमा ८ जना एमाले समर्थकलाई घरभित्रै आगो लगाएर मारिएको थियो । बास्कोटाले सोही घटना बाबुरामलाई स्मरण गराउनुभएको हो । बास्कोटाले खुलम खुल्ल ज्यान मार्ने धक्की दिने प्रदेश २ की मन्त्री रेनुलाई बचाउन बाबुराम भट्टराइले सार्वजनिकरुपमा धम्की दिइरहेको भन्दै उनलाई विदेशी ऐजेण्डा बोक्ने दलालको संज्ञा समेत दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति