काठमाडौं, ८ माघ । कोरोनाका कारण तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनवरी पहिलो साताबाट सुरु भएको तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको बताए।
खोपले बचाउँछ भन्ने कुरा विश्वव्यापी नै प्रमाणित भइसकेको कुरो हो। स्वास्थ्य मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएयता मृत्यु भएका ८८ प्रतिशत बढीले खोप नलगाएको पाइयो।यस्तै अस्पताल भर्ना हुनेमा पनि खोप नलगाएका नै बढी रहेका छन् ।
प्रतिक्रिया