सवारीसाधनहरू जोर-विजोर संचालनमा थप स्पष्टता

काठमाडौ, ७ माघ । आज मध्यरातदेखि लागु हुने गरी जारी गरिएकाे सवारीसाधनमा जोरबिजोर संचालन निर्देशनलाई जिप्रका काठमाडाैले थप स्पष्ट पारेकाे छ ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले आज मध्यरातदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने निर्णयलाई गरेका थियाे । सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नेगरी प्रशासनले निर्णय गरेको हो । सूचनामा औषधि एवम् स्वास्थ्य सामग्री बोकेका सवारीसाधनसहित, एम्बुलेन्स दमकल, शवबाहनमा जोरबिजोर लागू नहुने प्रशासनले जारी गरेको थप आदेशमा उल्लेख गरिएकाे छ। यस्तै ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, फलफूल तरकारी बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन, भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन । यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति