काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौं, ७ माघ । काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।‘हामीसँग भेरोसेल खोपको मौज्जात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ काफ्लेले भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने हुन्छ ।

’‘अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौं,’ काफ्लेले भने । हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्र खोप दिइरहेको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति