भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण

काठमाडौँ, ६ माघ । भारतमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन उच्च बिन्दुमा पुग्ने चरणमा रहेको छ । पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार १५८ जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ८२ लाख १६ हजार ३९९ पुगेको छ । यही अवधिमा २ लाख १३ जना ३८३ संक्रमणमुक्त भएका छन् भने ४९३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म निको हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार पुग्यो। मृतकको संख्या भने ४ लाख ८७ हजार ७१९ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति