नेप्से २९ अंकले ओरालाे लाग्याे

काठमाडौँ, ५ माघ । आज शेयर बजार नेप्से ३९ अंकले घटेर २९ सय तल झरेकाे छ ।

नेप्सेमा ३८.३५ अंक घटेर २८९८ अंकमा कायम भएको छ भने जम्मा काराेबार रकम छ अर्ब दुई करोड रहेकाे छ । २० कम्पनीको सेयर मूल्य बढेकाेमा १६५ कम्पनीको घटेकाे छ । ६ कम्पनीको मूल्य स्थिर रह्यो भने सबै उपसमूहहरु घटेका छन् । बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अंकले घटे ।

बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको मूल्य करिब १० प्रतिशतले बढेको छ । बुद्धभूमिको मूल्य प्रतिकित्ता २८७।८० र सामलिङको ७१४ रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४।३ प्रतिशतले घटेर ३५३ रुपैयाँमा झरेको छ । अपी पावर, अरुणभ्याली हाइड्रोपावर, जलविद्युत् लगानी तथा विकास कम्पनी, माथिल्लो तामाकोसी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी धेरै कारोबार रकमका आधारमा क्रमश अगाडि रहेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति