नेपाली सेनाको हेलिकप्टरवाट एक सुत्केरीको उद्धार

काठमाडौं, ४ माघ ।  जाजरकोट जिल्लाको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका वडा नम्वर ५ निवासी २५ वर्षिय सरस्वती रावलको रुकुम पश्चिमको चौरजहारी अस्पतालवाट नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो ।

घरमा २ वटा जुम्ल्याह छोराको जन्मदिएकि रावललाई सुत्केरी पछिको संक्रमण वढेपछि गत पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना गरिएकि उनलाई कडाखालको रक्तअल्पता देखिएपछि चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान भनेको उनका श्रीमान धन वहादुर रावलले जानकारी दिए।

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो ।

सुत्केरी महिलाका २ जुम्ल्याह छोरा घरमानै सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले वताएको छ ।कमजोर आर्थिक अवस्था रहेका सुत्केरी महिलाको उद्धारको लागि सोही गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष गोपाल नेपालीको प्रारम्भिक पहलमा उद्धार गरिएको वताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति