अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

अल्माटी, ४ माघ । कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ । सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको जनाएको छ । आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति