उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्री निर्वाचित

स्कोप्ज, ३ माघ । उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ । ससंद बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको समाचारमा जनाएको छ । दलहरुको नयाँ गठवन्धन बनेपछि गठवन्धन अन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनले बहुमत प्राप्त गरेका हुन् ।

उनलाई संसदमा भएका कुल १२० सांसद मध्ये गठवन्धन अन्तर्गतका दलहरुका ६२ सांसदले मतदान गरेका थिए । उनका विरुद्धमा ४६ सांसदले मतदान गरेका थिए । नेता कोभासेभास्कीलाई गत डिसेम्बर ३० मा राष्ट्रपति स्टेभो पेन्डारोभास्कीले बहुमत जुटाउने जिम्मेबारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनले बहुमत जुटाएकाले अव मन्त्रीपरिषद् गठन गर्ने छन् । उनले अर्थतन्त्रमा सुधार गरी स्थिरता कायम गर्ने आफ्नो सरकारको मुख्य योजना रहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति